images
images
  • पौडेलले मागे तीन मन्त्री, क्रियाशील विवादमा पर्‍यो देउवासँग चर्काचर्की

    काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तीन जना मन्त्री मागेका छन् । बालुवाटारमा बसेको बैठकमा पौडेल खेमाले बुधबार तीन जना मन्त्री माग गरेको हो ।

    मन्त्रीको टुंगो लाग्न नसकेपछि वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला र नेता प्रकाशमान सिंह बैठकबाट हिँडेका छन् ।

    पौडेलको सचिवालयका अनुसार छलफलका क्रममा रौतहट र सर्लाहीको क्रियाशील विवादलाई लिएर पौडेल र सिंहको कांग्रेस सभापति शेरबहादुर  देउवासँग चर्काचर्की भएको थियो । यी दुवै जिल्लाका कार्यकर्ता क्रियाशील सदस्यता विवादलाई दिएर अनशनमा छन् ।

    विवाद समाधान गरेर अनशनरत कार्यकर्तालाई दशैँ मान्ने वातावरण बनाउनुपर्ने पौडेल र सिंहको माग थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images