images
images
  • गौर नाका खुल्यो, बैरगनियामा किनमेल गर्नेको भीड

    रौतहट– डेढ वर्षअघिदेखि बन्द रहेको गौर बैरगनिया नेपाल-भारत सीमा नाकामा बुधबारदेखि सार्वजनिक सवारी संचालन भएका छन् ।

    गृह मन्त्रालयले एक साताअघि जिल्ला प्रशासन कार्यालयहरूलाई नेपाल-भारत सीमा नाका खोल्न निर्देशन दिएको थियो । गौर बैरगनिया नाका नेपालतर्फ खुले पनि भारतीय पक्षले सवारी साधन आवागमन गर्न दिएको थिएन । पैदल आवतजावत गर्न भने दिइएको थियो ।

    तर, बुधबारदेखि भने भारतीय पक्षले पनि सवारी संचालन गर्न दिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

    यात्रुवाहक सवारी साधन संचालनमा आएपछि दुवै देशका स्थानीयले खुसी व्यक्त गरेका छन् । कोरोना जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षा अपनाउन भने स्थानीय प्रशासनले आग्रह गरेको छ ।

    सार्वजनिक सवारी साधन खुलेपछि चाडपर्वका लागि किनमेल गर्न भारतको बैरगनिया जानेको घुइँचो लागेको छ ।

    कोरोना संक्रमण जोखिमका कारण ११ चैत २०७६ देखि सो नाका बन्द गरिएको थियो ।

    सो नाका हुँदै नेपालबाट मानिस बैरगनिया, सीतामढी, दरभंगा, मुजफ्फरपुर, पटनालगायतका शहर दिनहुँ जाने आउने गर्छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images