images
images
  • कांग्रेस अधिवेशन : १० हिमाली जिल्लामध्ये ६ मा पौडेल समूह विजयी

    काठमाडौं, १९ असोज । सत्तारुढ नेपाली कांग्रेसको अहिले हिमाली जिल्लाहरुमा अधिवेशन चलिरहेको छ । सोमबारसम्म १० हिमाली जिल्लाको नतिजा सार्वजनिक भइसकेको छ ।

    ताप्लेजुङ, संखुवासभा, रामेछाप, दोलखा, गोरखा, मनाङ, मुस्ताङ, हुम्ला, कालिकोट र रुकुम पूर्वमा जिल्ला अधिवेशन सकिएको छ । पछिल्लो पटक दोलखा कांग्रेस सभापतिमा बर्मा लामा विजयी भएका छन् । पौडेल समूहका उनी सोमबार सम्पन्न दोस्रो चरणको मतदानमा तारा खड्कालाई हराउँदै सभापतिमा विजयी भएका हुन् । दोस्रो चरणको निर्वाचनमा १,३७३ मत खसेको थियो । जसमा लामाले ८७७ मत पाएका छन् ।

    कांग्रेसले दशैंअघि नै २१ हिमाली जिल्लाहरुमा अधिवेशन गरिसक्ने कार्यतालिका बनाएको छ । अधिवेशन सकिएका १० जिल्लामा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको वर्चश्व देखिएको छ । पौडेल समूह १० मध्ये ६ जिल्लाको नेतृत्व आफ्नो पक्षमा पार्न सफल भएको छ ।

    पौडेल पक्षले हालसम्म संखुवासभा, मुस्ताङ, दोलखा, गोरखा, कालिकोट र रुकुम पूर्वको नेतृत्व आफ्नो पोल्टामा पारेको छ । ती जिल्लामा सभापतिसहित अन्य पदहरुमा पनि पौडेल समूह बलियो देखिएको छ । देउवा समूहले हालसम्म हिमाली जिल्लाहरु ताप्लेजुङ, मनाङ, रामेछाप र हुम्लामा जित निकाल्न सफल भएको छ ।
    पौडेल समूहले जितेका जिल्ला
    संखुवासभा–दीपक खड्का
    गोरखा–नन्दप्रसाद न्यौपाने
    मुस्ताङ–रोमी गौचन थकाली
    दोलखा–बर्मा लामा
    कालिकोट–अम्मबहादुर शाही
    रुकुम पूर्व–केशरमान रोका

    देउवा समूहले जितेका जिल्ला
    ताप्लेजुङ–गजेन्द्र तुम्याहाङ
    मनाङ–शंकर गुरुङ
    हुम्ला–मोहनविक्रम सिंह
    रामेछाप–पूर्णबहादुर तामाङ ‘कान्छाराम’

    प्रतिक्रिया दिनुहोस्
    images
    images