images
images
  • प्रचण्डकै प्रस्तावमा अखिल क्रान्तिकारीको महासचिव बने दिपेश पुन

    काठमाडौं-नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको महासचिवमा दिपेश पुन चयन भएका छन्।

    २२ औँ महाधिवेशनबाट अध्यक्षमा पञ्चा सिंहलाई चयन गरेको क्रान्तिकारीले पुनलाई महासचिव बनाउने प्रस्ताव पारित गरेको हो। पुन यो कार्यकालमा उपाध्यक्ष थिए। उपराष्ट्रपति नन्दबहादुर पुनका कान्छा छोरा दीपेशलाई महासचिव बनाउने गरी अध्यक्षको दौडमा रहेका विजय गौतम, सुरेन्द्र बस्नेत, दीपक देवकोटा, उत्तम अधिकारी र तिलक भण्डारीलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य मनोनित गरिएको छ।

    नेपाल प्रज्ञा प्रतिष्ठानमा असोज १४ गतेदेखि जारी राष्ट्रिय सम्मेलनले अन्य पदाधिकारी पनि निर्विरोध चयन गरेको छ।क्रान्तिकारीको अध्यक्ष लगायतका पदाधिकारीबारे निर्णय लिने अधिकारी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको थियो।

    आइतबार विहान खुमलटार निवासमा बोलाएर अध्यक्ष प्रचण्डले अध्यक्षका आकांक्षीसँग छलफल पनि गरेका थिए।त्यसपछि बन्दसत्रमा सिंहलाई अध्यक्ष, पुनलाई महासचिव बनाउने निर्णय पठाएका थिए। त्यही नामलाई बन्द सत्रको हलले अनुमोदन गरेको एक नेताले बताए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images