काठमाडौं । इटलीमा विमान दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।इटलीको उत्तरी क्षेत्रमा पर्ने मिलान सहरको एउटा खाली भवनमा ठोक्किएर विमान दुर्घटना भएको बीबीसीले जनाएको छ।
दुर्घटनामा विमानमा सवार सबै ८ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन्।मिलानको लिनाते विमानस्थलबाट सार्दिनिया आइल्यान्डका लागि उडेको विमान केहीबेरमै दुर्घटनामा परेको हो।
दुर्घटनामा विमानका पाइलटसहित उनकी श्रीमती र छोराको पनि ज्यान गएको अधिकारीहरुले जनाएका छन्।
विमान ठोक्किएपछि भवनमा आगलागी भएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको इटालीका अधिकारीहरुले जनाएका छन्। एजेन्सी
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















