images
images
  • रोल्पामा भिरबाट लडेर यो वर्षमात्रै २५ जनाको मृत्यु

    काठमाडौं । रोल्पामा भिरबाट लडेर यो वर्षमात्रै २५ जनाको ज्यान गएको छ ।भौगोलिक विकटताका कारण रोल्पामा भिरबाट लडेर बर्सेनि ठूलो मानवीय क्षति हुने गरेको छ ।

    विभिन्न ठाउँमा भएका अलगरअलग घटनामा २५ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए ।

    यस्तै चालु आर्थिक वर्षको साढे २ महिनामा मात्रै रोल्पामा भिरबाट लडेर चार जनाको ज्यान गइसकेको छ।

    ज्यान गुमाउनेमा धेरैजसो जाँडरक्सी खाएर हिँड्नेहरु रहेका प्रहरीले जनाएको छ । घाँस दाउरा र मेलापात गएकाहरूको समेत भिरबाट लडेर ज्यान जाने गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images