images
images
  • तनावरहित भएर बाँच्ने उपाय 

    आफ्नो जीवनप्रति भएका र गरेका कुनै पनि काम, कुरा र सफलता, असफलताप्रति सहमत नहुनु तनाव हो। कर्म गरेपछि परिणाम आइसक्यो र पनि स्वीकार छैन। कुनै घटना घटिसक्यो जसलाई रोक्ने सामर्थ्य हाम्रो हातमा छैन र पनि अस्वीकार छ, त्यो नै तनाव हो। ओशो भन्नुहुन्छ, ‘तिमी जे छौ त्यसलाई स्वीकार गर्न चाहन्नौ, जे छैनौ त्यो बन्न चाहन्छौ तर यो सम्भव छैन। यही नै तिम्रो तनावको कारण हो।’

    चिन्ता वा तनाव वर्तमान समयको ज्वलन्त समस्या भएर देखा परेको छ। यो समस्याबाट पीडित व्यक्तिहरू बाहिरबाट हेर्दा सामान्यझैँ देखिए पनि भित्रभित्रै खोक्रो भइसकेका हुन्छन्। तनावका कारण उनीहरूको संसार उराठ, जिन्दगी निरस अनि सर्वस्व धरापमा परेको हुन्छ। त्यसैले यस्तो समस्याबाट जतिसक्दो छिटो निस्कनु राम्रो हुन्छ ।

     तनावरहित भएर बाँच्ने उपाय 
    तनाव उत्पन्न गराउने कारक तत्वबाट सकेसम्म टाढा रहने।
    सकेसम्म शान्त भएर बस्न प्रयास गर्ने।
    यति गर्दा पनि तनाव आइरहन्छ, त्यसलाई पन्छाउन सकिँदैन भन्ने लाग्यो भने त्यसप्रति उपेक्षाभाव राख्ने।
    दुःखद् वा आवेगपूर्ण स्थितिमा पनि धैर्यधारण गर्न प्रयास गर्ने।
    मनभित्र दबिएर बसेका भावना वा कुण्ठालाई बाहिर निकाल्ने।
    सम्भव भएसम्म खुसी र आनन्दपूर्ण वातावरणमा बस्ने।
    सत्संग गर्ने। सकारात्मक भावनायुक्त साथीसँगीसित मात्र संगत गर्ने।
    सात्विक वा सादगीपूर्ण आहारविहार एवं जीवनशैली अँगाल्ने।
    गहिरो सास लिने, छोड्ने र नियमित प्राणायाम गर्ने । नियमित योगाभ्यासका साथै दैनिक कम्तीमा २० मिनेट ध्यान गर्ने।
    यति गर्दा पनि तनावसम्बन्धी मानसिक तथा शारीरिक लक्षण देखा परेको अवस्थामा चिकित्सकको परामर्श लिने।

    प्रतिक्रिया दिनुहोस्
    images
    images