रोल्पा-वैदेशिक रोजगारीका क्रममा साउदी अरब रहेका रोल्पा त्रिवेणी गाउँपालिका–७ गाङका ४४ वर्षीय प्रदीप परियारको ‘फेसबुक’मार्फत भोजपुर षडानन्द नगरपालिकाकी ३५ वर्षीया लक्ष्मी राईसँग प्रेम बस्यो ।
एकअर्कालाई ‘कहिल्यै नेदेखेका’ उनीहरूबीच यति अगाध प्रेम बस्यो कि विवाह नै गर्ने निधोमा पुगे । घण्टौं प्रेमका कुरा हुन्थे । जसले ‘विवाह गरिहाल्न’ उनीहरूलाई उत्साहित पारिरहन्थो ।परियार साउदी अरब, राई भोजपुरमा । प्रेमप्रति अगाध विश्वास ।उनीहरूको प्रेमलाई ‘न भूगोलले छेक्यो, न त जात’ले नै । विवाहको तगारो थियो त भौतिक उपस्थिति मात्रै ।परियार स्वदेश फर्कन खोजे तर मिलेन । यसपछि उनीहरूबीचको सहमतिअनुसार ७-८ महिनाअघि राई भोजपुरबाट रोल्पा पुगिन् ।
परियारकै घरमा बसिन्, परिवार चलाइन् । प्रेमीले विदेशबाट पठाएको रकम सदुपयोग गरिन् । छरछिमकले जेसुकै भनून् ? खासै महत्व दिइएन । किनकि, निकट भविष्यमै उनीहरूबीच विवाह गर्ने योजना थियो । प्रेम विवाहमा परिणत गर्ने उनीहरूको एउटै लक्ष्य थियो ।
भनिन्छ, ‘प्रेम अन्धो हुन्छ ।’ यही विश्वाससाथ प्रेमिका राई ‘औपचारिक विवाह’ नै नभई परियारकी ‘श्रीमती’ बनिसकेकी थिइन् ।परियारको परिवारमा थिए । एक्लो जीवन बिताइरहेका ८७ वर्षीय बाबु भाइराम दमाई मात्रै । राई ‘बुहारी’का रूपमा आएपछि भाइरामपनि मख्ख थिए । ससुराको रेखदेखदेखि घरगृहस्थीसम्म सम्हालेकी थिइन्, राईले । यसले परदेशमा रहेका परियारलाई सन्तोष मिलेको थियो ।
प्रदीपले दिएको रोल्पास्थित घरको ठेगाना पछ्याउँदै करिब ७/८ महिनाअघि लक्ष्मी उनको घर पुगेकी थिइन्। घरमा प्रदीपका ८७ वर्षीय बुवा भाइराम दमाई एक्लै बस्थे।आफू घरमा नभए पनि रेखदेख र घर गृहस्थी सम्हाल्न बुहारी आएपछि भाइराम मख्ख थिए। लक्ष्मीले ससुराको रेखदेखदेखि घरगृहस्थीको काम राम्रोसँग गर्दै आएकी थिइन्।
विवाह नै नगरी लक्ष्मी प्रदीपको घरमा आएको देखेर कतिलाई अचम्म लागे पनि उनीहरूको जिन्दगी सबै राम्रै चल्दै थियो। प्रदीपले विदेशबाट लक्ष्मीलाई पटकरपटक पैसा पठाउँथे। लक्ष्मी पनि इमान्दारीपूर्वक घर चलाइरहेकी थिइन्।त्यही क्रममा लक्ष्मी आइतबार घाँस काट्न भनेर बाख्रासहित नजिकै जंगलमा गइन्। साथमा अरू गाउँले पनि थिए।
जीवनमा एकैपटक पनि ‘भौतिक’ रूपमा नदेखेका महिलाले आफ्नो घर सम्हालेको, वृद्ध बाबुको स्याहारसुसार गरेको कुराले प्रेमिकाप्रति परियारको विश्वास अगाध बढ्यो । तर, सोचेजस्तो जीवन नहुने रहेछ । आइतबार जे घटना भयो, त्यो परियारको सपनामा ‘पूर्णविराम’ बन्यो । प्रेम विवाहमा परिणत गर्ने उनको योजना भताभुंग हुन पुग्यो । वृद्ध पिता भाइरामको बुढेसकालको सहारा खोसियो । प्रेमिका मेलापात गर्न गएको बेला आइतबार भिरबाट लडेर मृत्यु भएपछि परियारको सपना तुहिएको छ ।
रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेश सुवेदीका अनुसार राई आइतबार ‘घाँस काट्न’ भनेर बाख्रासहित नजिकै जंगलमा गएकी थिइन् । सँगै गाउँले पनि थिए । गाउँलेले उनी हिँड्न थालेको बाटो ‘धेरै अप्ठयारो भएको’ भन्दै राईलाई ‘नजान’ भने । तर, त्यसअघि पनि ‘त्यो बाटो हिँडेसकेको’ हुनाले उनले मानिनन् ।
परिणाम, भिरबाट लड्न पुगिन् । र, घटनास्थलमै मृत्यु भयो । घटनास्थल पुगेको प्रहरी टोलीले राईले ‘आफू जोगिन बुट्यान तथा झार जंगल समात्न प्रयत्न गरेको’ देखिएको जनाएको छ ।डीएसपी सुवेदी ‘भिर माथिल्लो भागदेखि नै उनका कपडाका टुक्राटाक्री फेला परेको, कतै झार उखेलिएको, भिरबाटै पल्टिँदै मुनि पुग्दा शरीरभर घाउ चोट लागेको’ बताउँछन् ।
‘दुई जनाले सामाजिक सञ्जालबाटै प्रतिवद्धता जाहेर गरेपछि भोजपुरबाट लक्ष्मी रोल्पास्थित प्रदीप घर आएको अनुसन्धानबाट खुल्न आएको छ,’ डिएसपी सुवेदीले भने, ‘प्रदीप विदेशबाट फर्किएपछि विवाह गर्ने समझदारी भएको रहेछ। दुर्भाग्य, लक्ष्मीको प्रदीपसँग भेट नभएरै जीवन लिला समाप्त भयो।’
लक्ष्मीलाई गाउँलेले उनी हिँड्न थालेको बाटो धेरै अप्ठेरो भएको हुँदा नजान भनेका थिए।‘उहाँ अघिपछि पनि आफू त्यो बाटो हिँडेको भन्दै सहजै हिँड्न सक्ने भन्दै अगाडि बढ्नुभएछ,’ डिएसपी सुवेदीले भने, ‘तर के मिलेन, भिरबाट लड्नु भयो र घटनास्थलमै मृत्यु भयो।’
घटनास्थलमा पुगेको प्रहरी टोली हेर्दा लक्ष्मीले आफू जोगिन बुट्यान तथा झारजंगल समात्न प्रयत्न गरेको देखिएको डिएसपी सुवेदीले बताए।‘भिरको माथिल्लो भागदेखि नै उहाँका कपडाका टुक्राटाक्री फेला परेका छन्। कतै झार नै उखेलिएको छ,’ डिएसपी सुवेदीले भने, ‘भिरबाटै पल्टिदै मुनि पुग्दा उहाँको शरीरै भरी घाउ चोट लागेको छ।’
घटना आइतबार बेलुका पाँच बजेतिर भएको सुवेदीले बताए।खबर पाएपछि प्रहरी घटनास्थल पुगेर उद्धार गरी अस्पताल पुर्याएको भए पनि चिकित्सकले लक्ष्मीलाई मृत घोषणा गरेका थिए।लक्ष्मीको मृत्युपछि भोजपुरको षडानन्द नगरपालिकास्थित लक्ष्मीको परिवार ९माइती घरमा० डिएसपी सुवेदीले आफैं फोन सम्पर्क गरी जानकारी दिएका थिए।
‘मैले लक्ष्मीका दाजु सुरेन्द्र राईसँग फोनमा घटनाबारे कुरा गरे,’ डिएसपी सुवेदीले भने, ‘सुरेन्द्रजीले घटना शंकास्पद रहे दोषीलाई कारबाही गर्न र अन्यथा त्यताको परम्पराअनुसार अन्तिम संस्कार गरिदिन आग्रह गर्नुभएको छ।’सुरेन्द्रले आफूहरू धेरै टाढा भएकाले आउन सम्भव नभएको भन्दै परम्परा अनुसार राम्रोसँग अन्त्येष्टि गरिदिन आग्रह गरेको डिएसपी सुवेदीले जानकारी दिए ।
पोष्टमार्टमपछि शव रोल्पा फिर्ता ल्याएर सबै प्रक्रिया पूरा गरी लक्ष्मीको अन्त्येष्टि गरिएको डिएसपी सुवेदीले जानकारी दिए।डीएसपी सुवेदीले सामाजिक सञ्जालबाट नजिकिएर विवाह बन्धनमा बाँधन रोल्पा आएकी राईको प्रदीपसँग भेट नभएरै जीवन लीला समाप्त भएको सुनाए ।


विश्व खबर 



















