images
images
  • भलिबल च्याम्पियनसिपमा आज छ खेल हुँदै , यि टिमले गर्दैछन् प्रतिस्पर्धा

    काठमाडौं। एनभीए राष्ट्रिय पुरुष तथा महिला भलिबल च्याम्पियनसिप अन्तर्गत बुधबार ६ खेल हुँदैछन्।त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा विहान ८ बजेबाट साँझसम्म खेल हुनेछन्। पुरुषतर्फ बुधबार समूह चरणको अन्तिम खेल हुँदैछ।

    बुधबारको पहिलो खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले गण्डकी प्रदेशको सामना गर्नेछ। यो खेल विहान ८ बजे नै सुरु हुनेछन्। त्यस्तै, बुधबारको दोस्रो खेलमा मणिमुकुन्द भलिबल क्लबले दावाँली मिलान क्लबको सामना गर्नेछ। मणिमुकुन्दले पहिलो दुवै खेलमा हार बेहोरेको कारण बुधबारको खेलमा जित निकाल्न चाहन्छन्।

    उसले यसअघि पुलिस र गण्डकी प्रदेशसँग हार बोहोरेको हो। दावाँली क्लबले पनि जित निकाल्न सकेको छैन्। त्यस्तै, बुधबार दिउसों १२ बजे सुरु हुने खेलमा टिपटप हेल्प नेपालले गल्कोट स्पोर्ट्स क्लबको सामना गर्नेछ। २ बजेको खेलमा भने प्रदेश दुईले बाग्मति प्रदेशसँग खेल्नेछ।

    बुधबारको खेलसँगै क्वार्टरफाइनलमा पुग्ने टिमको टुंगो लाग्नेछ। अहिलेम्म हेल्प नेपाल, आर्मी र पुलिस क्लब क्वार्टरफाइनलमा पुगिसकेका छन्। बुधबार महिलातर्फका पनि दुई खेल हुनेछन्। जसमा ढोरपाटन स्पोट्स क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ भने एभरेस्ट क्लबले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ।महिलातर्फ मंगबार सम्पन्न खेलमा एपीएफ र होङ्वाङ्जी न्यु डाइमन्डले जित निकालेको थियो।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images