आज सेप्टेम्वर २९ । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही विश्व घटनाः
वाल्टिक समुद्रमा डुंगा दुर्घटना
सन् १९९४ मा वाल्टिक समुद्रमा एउटा डुंगा डुब्दा त्यहाँ सवार आठ सय यात्रुको मृत्यु भएको थियो । यसलाई २० औं शताब्दीकै डरलाग्दो दुर्घटना भनिन्छ ।
हेइटीमा कु
सन् १९९१ मा त्यहाँको सेनाले कु गरि राष्ट्रपति जीन बर्टान्ड अरिस्टाइडलाई सत्ताच्युत गरेको थियो । राष्ट्रपति बर्टान्ड कु हुनुभन्दा नौ महिनाअघि भएको निर्वाचनबाट निर्वाचित भएका थिए ।
क्यानडाको पहिलो स्याटलाईट
सन् १९७२ मा क्यानडाले अमेरिकाको क्यालिफोर्निया राज्यस्थित वायुसेनाको आधारबाट आफ्नो पहिलो स्याटलाईट अलोइट १ सुरु गरेको थियो । पृथ्वीको अध्ययन गर्ने उद्देश्यले अमेरिकी अन्तरिक्ष केन्द्र नासाको सहकार्यमा सो स्याटलाइट सुरु गरेको थियो ।
आणविक अनुसन्धानमा इयुको पहल
सन् १९५४ मा आणविक अनुसन्धानका लागि युरोपेली संगठन (सीइआरएन) को स्थापना भएको थियो । युरोपेली युनियनमा आबद्ध विभिन्न १२ सरकारको पहलमा सो संगठन स्थापना भएको थियो ।


विश्व खबर 



















