जुम्ला – जुम्लाको सदरमुकाम खलंगामा संचालन भएको फुटबल प्रतियोगिताको उपाधि योङ स्टार क्लबले हात पारेको छ । गत १ असोजदेखि सुरु भएको एन्फा जिल्ला लिगमा मंगलबार सेमिफाइनलका दुई खेल भएका थिए । सेमिफाइनल खेल ढाँणथपला युवा क्लब र योङ स्टार युवा क्लबबीच भएको हो ।
योङ स्टार युवा क्लबले ६ गोल गरेको थियो । ढाँणथपला युवा क्लबले पहिलो हाफमै २ गोल फर्कायो । दोस्रो हाफमा योङ स्टारले ४ गोल गरेको थियो । दोस्रो हाफमा ढाँणथपलाले कुनै गोल गर्न सकेन । ढाँणथपला युवा क्लबका दुई जना खेलाडीले रेड कार्ड पाए । १० गते सकिने भनेको खेल विवादका कारण दुई दिन स्थगित गरिएको भए पनि सोमबार बिहानैदेखि खेल संचालन भएको थियो ।
एन्फा जुम्लाका अध्यक्ष भरतबहादुर बुढ्थापाले यी दुई क्लबबीचको खेल रोचक भएको बताए । उत्कृष्ट हुने टिमलाई कप, मेडल र पत्रमाणपत्र दिइएको छ । जुम्लामा खेल खेलाउन सहजीकरण गर्न केन्द्रबाट नेपालकै लिग डाइरेक्टर संगीत मिश्र र एन्फा स्ट्रक्चरका सीईओ निपेन्द्र साहनी जुम्ला पुगेका थिए ।
प्रतियोगितामा जुम्लाका १५ वटा क्लबको सहभागिता थियो । सहभागी टिमलाई चारवटा समूहमा बाँडिएको थियो । ’क’, ’ख’ र ’ग’ समूहमा चार-चार टिम रहेका थिए भने समूह ’घ’मा तीन टिम रहेका थिए ।


विश्व खबर 


















