images
images
  • काठमाडौं र पोखराको खेल पुनः वर्षाका कारण रद्ध

    काठमाडौं – एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि ट्वान्टी अन्तर्गत चौथो दिनको खेल समेत वर्षाले रद्ध भएको छ ।

    मंगलबार तय भएको काठमाडौं किङ्स इलेभन र पोखरा राईनोजबीचको खेल वर्षाका कारण रद्ध भएको हो । खेलमा टससमेत हुन पाएन ।

    विगत तीन दिनदेखि परेको पानीको कारण मैदान ओसिलो हुन पुग्दा ईपीएलको चौथो दिनको खेलसमेत हुन नसकेको हो । खेल पुनः खेलाइने वा नखेलाइने निर्णय भएको छैन ।

    यसअघि सोमबारको दुबै खेल बर्षाको कारण रद्ध भएका थिए । ती खेलहरु अर्को दिन खेलाइने भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images