images
images
  • जापानबाट राजदूत राणा नोभेम्बर पहिलो साता स्वदेश फर्कने

    • images
    • ८ आश्विन २०७८

    काठमाडौं– जापानबाट नेपाली राजदूत प्रतिभा राणा नेपाल फर्कने भएकी छिन्। ४ वर्षे कार्यकाल पूरा गरेर समय थप गरेर बसेकी राजदूत राणा अर्कों महिना नोभेम्वर ८ तारिख स्वदेश फर्कन लागेकी हुन् ।

    गत मंगलवार शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति अन्तर्गतका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

    ओली सरकारले गरेको राजनीतिक नियुक्तिको राजदूत फिर्ती सुचिमा जापानका लागि राजदूत प्रतिभा राणालाई नसमेटिएको चर्चा रलिरहदाँ राजदूत राणा भने स्वदेश फर्कने तयारीमा रहेको दूतावास स्रोतले विश्वलाई बतायो ।

    प्रधानमन्त्री देउवा पत्नी आरजु राणाको पहलमा पदावधि सकिएपनि पहल र दवाबकै कारण केपी ओली सरकारदेखी देउवा सरकारसम्मले पदावधि थप गरेको आरोप लागेको थियो । तर राजदूत राणाका अनुसार काम गरेर राजदूतको रूपमा अघिल्लो सरकारले समय थपेको जिकिर गर्दै यस पटक आफै स्वदेश फर्कन लागेको बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images