images
images
  • दिल्ली क्यापिटल्स आईपीएलको शीर्ष स्थानमा

    काठमाडौँ । आईपीएल टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ ।  दुबइमा बुधबार राति भएको खेलमा दिल्लीले ले सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो ।

    हैदरावादले दिएको १ सय ३५ रनको लक्ष्य दिल्लीले १७ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो ।दिल्लीको जितमा श्रेयस आयरले अविजित ४७ रन जोड्दा ऋषव पन्तले अविजित ३५ रन बनाए । शिखर धवन ४२ तथा पृथ्वी शले ११ रनमा आउट भए ।

    यसअघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन जोडेको थियो ।  हैदरावादका अब्दुल समादले २८ तथा राशिद खानले २२ रन बनाउन बाहेक अन्य ब्याट्स्म्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

    दिल्लीका कागिसो राबडाले ३ विकेट लिए । एन्रिच नोर्किया र अक्षर पटेलले २र२ विकेट लिए । जितसँगै दिल्लीले ९ खेलमा १४ अंक जोडेको छ । हैदरावादले ८ खेलमा २ अंकसहित पुछारमा छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images