images
images
  • ‘सी’ डिभिजन लिग छनोट : रानीबन स्पोर्ट्स क्लवद्धारा राप्ती रिभरलाई पराजित

    बाजुरा – बाजुराको रानीवन स्पोट्स क्लव र राप्ती रिर्भरविच भएको म्यान अफ द म्याच खेलमा रानीबन स्पोर्ट्स क्लवले राप्ती रिभरलाई ३-२ गोलको अन्तरले पराजित गरेको छ ।

    बुधबार विहान काठमाण्डौंमा भएको खेलमा रानिबन स्पोर्ट्स क्लब बाजुराले उत्कृष्ट खेल प्रर्दशन गर्दै राप्ती रिभर युवा क्लब मकवानपुरलाई २ का विरुद्ध ३ गोल प्रहार गर्दै जित हात पारेको रानीवन स्पोट्स क्लवका अध्यक्ष धुव्र रोकायाले बताएका छन् ।

    पहिलो खेलमै रानीवनका जर्सी नंम्बर ७ का खेलाडी दिपक विकले २ वटा उत्कृष्ट गोल गर्न सफल भएका थिए । पहिलो खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका दिपक विक ‘म्यान अफ द म्याच’ घोषित भएका थिए । म्यान’अफ द म्याच घोषित भएका दिपकलाई पूर्व उद्योगमन्त्री कणर्बहादुर थापाबाट पुरस्कार हस्तान्त्रण गरिएको छ । त्यस्तै खेलमा रानीवनकै १६ नम्बर जर्सिका खेलाडी किरण बोहराले १ गोल गरेका थिए ।

    रानिवन स्पोर्ट्स क्लवले पहिलो खेलबाट नै उत्कृष्ट खेल प्रस्तुत गरेर जित हाँसिल गरेपछि खेलाडीहरुमा थप उर्जा बढेको टिमका म्यानेजर नरेश रोकायाले बताएका छन् । रानिवन स्पोर्ट क्लव बाजुराबाट पहिलोपटक शहीद स्मारक ‘सी’ डिभिजन लिग छनोटका लागि फुटवल खेल्न एक महिना अगाडि काठमाण्डौं पुगेको थियो । अर्को खेल असोज  ८ गते हुने भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images