images
images
  • आईसीसी विश्व क्रिकेट लिग–२ खेलेर फर्कियो राष्ट्रिय टोली

    काठमाडौं – आईसीसी विश्व क्रिकेट लिग–२ खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किएको छ । ओमानमा भएको खेलमा नेपालले घरेलु टोली ओमान र अमेरिकासँग खेलेको थियो ।

    ओमानसँग दुई खेल खेलेको नेपालले एक खेल जितेको थियो भने एक खेलमा पराजित भएको थियो । यस्तै अमेरिकासँग पनि एक खेल हारेको नेपालले एक खेल जितेको थियो ।

    यसैबीच, मुख्य प्रशिक्षक डेभ ह्वाटमोर भने भारत पुगेका छन् । उनले यसअघिनै टोलीको प्रशिक्षकबाट राजीनामा दिएका थिए ।

    242357820 618128175860823 1641328684248474055 n

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images