काठमाडौं । अमेरिकाको आरेगेनमा जुम्ल्याहा दिदीबहिनीले जुम्ल्याहा नै जीवनसाथी पाएका छन्। वेनेसा र केरिसा नामका जुम्ल्याहा दिदीबहिनीले लुकास र जैकब नामका जुम्ल्याहा नै दाजुभाइसँग विवाह गरेका हुन्।
यति मात्र होइन, कामसमेत चारै जनाको एकै क्षेत्रमा छ। अर्थात् विवाहपछि चारै जना खेल क्षेत्रमा काम गरिरहेका छन्। दिदीबहिनी निजी प्रशिक्षकका रूपमा र दाजुभाइ स्पोर्टस् मेडिसिनको क्षेत्रमा काम गरिरहेका हुन्।
अहिले उनीहरू मेडफोर्डमा वैवाहिक जीवन बिताइरहेका छन्। वेनेसाले आफूहरू चार जना सँगै देख्दा मान्छेहरूले अचम्म मानेर हेर्ने गरेको बताएकी छन्।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















