images
images
  • विश्वमा आजः लीग अफ नेसनमा रसियाको आबद्धदेखि पृथ्वीको कक्षमा स्याटलाइट

    आज सेप्टेम्बर १८ । विश्व इतिहासमा आज विभिन्न राजनीतिक तथा सामाजिक घटना विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्वपूर्ण घटनाः

    भेनगार्ड ३ पृथ्वीको कक्षमा

    सन् १९५९ मा जर्मनीको एक कम्पनीले निर्माण गरेको रकेटमार्फत पृथ्वीको कक्षमा एउटा स्याटलाइट लन्च गरिएको थियो । पृथ्वीको अक्षको अध्ययन गर्न सो रकेट पठाइएको थियो ।
    लीग अफ नेसनमा रसिया

    सन् १९३४ मा तत्कालिन सोभियत संघ तथा अहिलेको रसिया लीग अफ नेसनमा आबद्ध भएको थियो । फिनल्यान्डबिरुद्धको आक्रमक कदमपछि केही वर्षपछि उसको सदस्यता रद्द भएको थियो ।

    नर्वे र स्वीडेनका राजा

    सन् १८७२ मा अस्कर द्वितीय नर्वे र स्विडेनका राजा बनेका थिए । उनी आफ्नै दाजु चाल्र्स १५औ र १६औं का उत्तराधिकारी बनेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images