काठमाडौं – उत्तर कोरियाको तानाशाह किमजोंड उनले यस पटक चलिरहेको ट्रेनबाट बैलिस्टिक मिसाइल छोडेर दुनियाँलाई अचम्भित पारेको छ । घना जंगलमा रेलको पटरिमा स्थित रेल–कार लान्चर मार्फत बैलिस्टिक मिसाइलको लन्चिंगको तस्विरले पुरा दुनियाँमा तहल्का मच्चाएको छ ।
मिसाइलको भयो सफल टेस्ट
वास्तवमा उत्तर कोरियाले ट्रेनमा बनेको मिसाइल सिस्टमबाट पहिलो पटक बैलिस्टिक मिसाइल टेस्ट गरेको हो । यस सिस्टमको मद्दतबाट देशको कुनै पनि कुनाबाट मिसाइल हान्न सक्दछ उत्तर कोरिया । सरकारी न्यूज एजेंसीको अनुसार मिसाइललाई ट्रेनमा बनेको मिसाइल रेजिमेंटलाई एक अभ्यासको दौरान लन्च गरियो । मिसाइल ८०० किलोमिटर टाढा एक समुन्द्रमा सटीक लक्ष्यमा गिर्यो ।
रेलवे बेस्ड मिसाइल प्रणालीको परिक्षण
उत्तर कोरियाको सेंट्रल न्यू एजेंसी केसीएनए (KNCA) को अनुसार बुधबार छोडिएको यो मिसाइलको उद्देश्य रेलवे बेस्ड प्रणालीको परिक्षण गर्नु थियो । यो उत्तर कोरियामाथि आउने खतरा र धम्कीको जवाफ दिन सक्षम छ ।
मिसाइलबाट हुन्छ नर्थ कोरियालाई फाइदा ?
ट्रेनबाट मिसाइलको परिक्षण गरेर नर्थ कोरिया अब देशको कुनै पनि कुनामा मिसाइल हान्न सक्दछ । यसको कारण हो नर्थ कोरियाको प्रत्येक ठाउँमा रेलवे नेटवर्क हुनु, तर युद्धको दौरान उत्तर कोरियाको रेलवे नेटवर्क हमलावरहरुको लागि सजिलो टारगेट पनि हुन सक्दछ । तानाशाहको यस मिसाइल परिक्षणमा संयुक्त राष्ट्र सुरक्षा परिषदले चिन्ता व्यक्त गरेको छ । संयुक्त राष्ट्र सुरक्षा परिषदमा सामेल देशहरुको भनाई छ कि यस किसिमको मिसाइल टेस्ट शान्ति र
सुरक्षाको लागि ठूलो खतरा हुन्छ ।
दक्षिण कोरियासँग छ हतियारको लडाई
उत्तर कोरिया भन्दा पहिले बुधबार नै दक्षिण कोरियाले पनि सबमरिन लन्च बैलिस्टिक मिसाइलको परिक्षण गरेको थियो । तथापि यसको सिस्टम बिना परमाणु हतियारको डेवलप गरिएको थियो र यस्तो गर्ने दक्षिण कोरिया दुनियाँको पहिलो देश बनेको थियो । उत्तर र दक्षिण कोरिया दुवै देश मिसाइलहरु र नयाँ नयाँ हतियारहरुको लगातार परिक्षण गरिरहेका छन् ।


विश्व खबर 




















