images
images
  • चीनमा मी टु मुभमेन्टसँग जोडिएको यौन दुर्व्यवहार मुद्दा अदालतद्वारा खारेज

    बेइजिङ – चीनमा देशको एकजना प्रख्यात टेलिभिजन कार्यक्रम प्रस्तोताविरुद्ध एक महिलाले दायर गरेको यौन दुर्व्यवहार मुद्दालाई अदालतले खारेज गरिदिएको छ । कार्यक्रम प्रस्तोता झु जुनबिरुद्ध एक युवतीले सात वर्षअघि दायर गरेको मुद्दालाई अदालतले खारेज गरेको हो ।

    युवतीले लगाएको आरोप समर्थन गर्ने पर्याप्त प्रमाण नभेटिएको भन्दै अदालतले सो मुद्दा खारेज गरेको हो । सन् २०१४ मा झुले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै सियान्जी नाम गरेकी युवतीले अदालतमा मुद्दा हालेकी थिइन् । त्यतिबेला उनी झुकी इन्टर्न भएर काम गरेकी थिइन् । झुले आफूलाई संवेदनशील अंगमा हात लगेको र चुम्बन गरेको युवतीले आरोप लगाएकी थिइन् ।

    सियान्जीले झुविरुद्ध मुद्दा दायर गरेपछि चीनमा ‘मी टु मुभमेन्ट’ चर्किएको थियो । मुद्दा दायरसँगै देशभर महिला अधिकारबारे थप बहस बढेको थियो । सो मुद्दापछि अन्य महिलाले पनि आफूहरूविरुद्ध विभिन्न प्रकृतिका यौन दुर्व्यवहार भएको भन्दै उजुरी गरेका थिए ।

    यौन दुर्व्यवहारविरुद्ध महिलाले दायर गरेका घटना चीनमा विरलै सुनुवाइ हुन्छ । हालै संसदले यौन दुर्व्यवहारसम्बन्धी एउटा कानुन पारित गरेको छ । -एजेन्सी

    प्रतिक्रिया दिनुहोस्
    images
    images