images
images
  • रोकिएन उत्तर कोरियाको आणविक होड, फेरी व्यालेष्टिक मिसाइल प्रहार

    प्योङयाङ – उत्तर कोरियाले दुई ओटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा ती मिसाइल प्रहार गरेको दक्षिण कोरियाले पुष्टि गरेको छ । यसअघि दक्षिण कोरियाले पूर्वी सागरमा एउटा अपरिचित प्रोजेक्टाइल खसेको जनाएको थियो ।

    जापानको तटीय गार्डले पनि उत्तरले ब्यालेष्टिक मिसाइल प्रहार गरेको जनाएको छ । उत्तर कोरियाको पछिल्लो परीक्षणले प्योङयाङमाथि आणविक गतिविधि नियन्त्रण गर्ने राष्ट्रसंघको संकल्प प्रस्ताव उल्लंघन गरेको छ ।

    केही दिनअघि मात्र उत्तर कोरियाले लामो दूरीको क्रुज मिसाइल परीक्षण गरेको थियो । सो मिसाइल जापानको अधिकांश भू–भागमा पुग्ने क्षमता राख्थो ।

    सो कु्रज मिसाइलमा आणविक हतियार राख्न मिल्ने विज्ञहरुले बताएका छन् । राष्ट्रसंघको सुरक्षा परिषद्ले क्रुज मिसाइल परीक्षणमा भने प्रतिबन्ध लगाएको छैन् । -एजेन्सी

    प्रतिक्रिया दिनुहोस्
    images
    images