images
images
  • प्रहरीको मिलोमतोमा लागूऔषधसहित पक्राउ अभियुक्त अस्पतालबाट फरार

    पर्सा – जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका एक अभियुक्त फरार भएका छन् । फरार हुनेमा चितवनको भरतपुर महानगरपालिका ३ का १४ वर्षीय विक्की सोनार रहेका छन् । लागूऔषध मुद्दामा पक्राउ परेका सोनार आइतबार बिहान फरार भएका हुन्।

    प्रहरीका अनुसार गत भदौ १६ गते भारतको रक्सौलबाट आउँदै गरेका बेला वीरगन्जको इनर्वा नाकाबाट सोनार लागूऔषध नुर्फिन ७ , डाइजेपाम ७ र फेनारगन ७ गरि २१ एम्पुलसहित पक्राउ परेका थिए। यद्यपि पक्राउ परेका सोनारलाई सार्वजनिक गरेको थिएन।

    लागूऔषधसहित पक्राउ परेपछि उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको थियो । पर्साका प्रहरीका अनुसार, प्रहरी हिरासतमै रहेका बेला भदौ २२ गते अचानक सोनारले रगत छाद्न थालेपछि उपचारका लागि त्यहि दिन नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।

    अस्पतालमा एकजना प्रहरी हवल्दारको निगरानीमै उपचाररत रहेका सोनार आइतबार बिहान ८ बजेतिर प्रहरी हवल्दारलाई झुक्यार अस्पतालबाट फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।  प्रहरी हवल्दारको लापरवाहीकै कारण अभियुक्त सोनार फरार भएकाले ती प्रहरी हवल्दारलाई विभागीय कारबाही गरिने र फरार सुनारको खोजी कार्य जारी रहेको प्रहरीको बताएको छ।

    सोनारलाई प्रहरीले मिलोमतोमा छाड्नका लागि सार्वजनिक नगरेको हो। पक्राउ परेका सोनारलाई छाड्नका लागि अस्पताल भर्ना गरिएको र बिस्तारै भगाउने प्रहरीको चाहना पूरा भएको स्रोतको दाबी छ । जिल्ला प्रहरी कार्यालय पर्साका एसपी बेलबहादुर पाण्डेले अहिलेसम्म पनि लापरवाही गर्ने हवल्दारलाई कारवाही नगरेका कारण घटनामा पाण्डेकै मिलेमतो देखिएको स्रोत बताउँछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images