images
images
  • प्रधानसेनापति शर्माको घोषणा : सैनिकलाई घर बनाउन २५ लाख सहुलियतपूर्ण ऋण दिने

    काठमाडौं – नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाका सकल दर्जालाई चार कोठाको घर निर्माणका लागि सैनिक कल्याणकारी कोषबाट २५ लाख ऋण दिने घोषणा गरेका छन् । पदबहाली गरेपछि सकल दर्जालाई पहिलो सम्बोधन गर्र्दै शर्माले १० वर्ष सेवा पुरा गरेका सैनिकलाई त्यस्तो सहुलियतपूर्ण ‘आवास कर्जा’ दिने घोषणा गरेका हुन् ।

    ‘सेनाका सकल दर्जा अवकाश हुँदा कमसेकम ओत लाग्ने ठाउँको सुनिश्चितता गर्न र घर बनाउन सक्षम हुन भन्ने मेरो चाहना छ’ जंगी अड्डामा आयोजित कार्यक्रममा शर्माले भने– ‘१० वर्ष सेवा गरेका सकल दर्जालाई चारकोठे घर निर्माणका लागि २५ लाखसम्म सहुलियतपूर्ण आवासकर्जा उपलब्ध गराइने छ ।’

    राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीतिअनुसार सैनिक रणनीतिको निर्माण गरेर सैनिक मुल ग्रन्थ पुनरावलोकन गरिने शर्माको भनाइ छ । ‘रणनीतिक, अपरेशनल र ट्याक्टिकल तहबीच सामन्जस्यता कायम हुनेगरी ३ जोड एक कमाण्डको सफल कार्यान्वयन गरिँदै लगिनेछ’ प्रधान सेनापति शर्माले भने–‘सामूहिक भावना अनुरुप कार्य गर्नैपर्छ, सामूहिकतालाई विशेष प्राथमिकतामा राखिएको छ ।’

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images