images
images
  • आगामी रणनीति बनाउन एमाले संसदीय दलको बैठक बस्दै

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ । आइतबार मध्यान्ह १२ बजे आफ्नो आगामी भूमिकाबारे रणनीति बनाउन दलको बैठक बस्न लागेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

    आइतबार दिउँसो १ बजे प्रतिनिधिसभाको तेस्रो बैठक बस्दैछ । बैठक बस्नुअघि एमाले संसद दलको बैठक बस्न लागेको हो ।

    भदौ २३ गतेबाट सुरु भएको संसद अधिवेशनमा एमालेले निरन्तर अवरोध गर्दै आएको छ । एमालेले संसद अवरुद्धको रणनीतिलाई केही परिमार्जन गरि यथावत राख्ने स्थायी कमिटीले निर्णय गरेको छ ।

    प्रमुख प्रतिपक्षी एमालेमाथि सरकारलाई बलमिच्याइँ गरेकोले संसदीय दलको बैठकबाट आगामी रणनीति बनाउन लागिएको उनको भनाइ छ ।
    भट्टराईका अनुसार सभामुख अग्निप्रसाद सापकोटाले एमाले विभाजनको निम्ति खेलेको भूमिका र संसदमा देखाएको व्यवहारको पनि बैठकमा गम्भीर समीक्षा हुने छ ।

    सभामुखले समस्या समाधानमा चासो नदेखाएकाले भोलि संसदलाई कहाँ पुर्याउँछ भन्न नसकिने बताए । परिस्थितिलाई उत्तेजित बनाउने काम सत्तापक्ष र सभामुखबाट भएको उनले बताए ।

    यद्यपि शुक्रबार केही सांसदले सभामुख र अर्थमन्त्रीमाथि आक्रमण प्रयास गर्ने सांसदलाई सचेत गराउने भट्टराईले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images