काठमाडौं–पुर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी विभाजनले एमालेलाई देशव्यापी रुपमा जम्मा ९ प्रतिशत असर परेको बताएका छन् ।
शनिबार काठमाडौंमा नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित बृहत प्रशिक्षण भेला तथा शपथ ग्रहण कार्यक्रममा पुर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका महासचिव पोखरेलले आफूहरुले देशब्यापी अभियान चलाए एकीकृत समाजमादीमा रहनेको संख्या २ प्रतिशतमा झार्ने दावी गरे ।
‘हामीले अध्ययन गर्दा यसको असर ९ र धेरैमा १० प्रतिशत मात्रै परेको देखेका छौँ, तर अब नेकपा एमालेले देशव्यापी रुपमा अभियान चलाए यो २/३ प्रतिशतमा आइपुग्नेछ, र नेकपा एमाले हिजो भन्दा पनि अझै सबल भएर अघि बढ्छ’ उनले भने ।
महासचिव पोखरेलले नेपालको राष्ट्रिय राजनीति दुईवटा ध्रुवमा विभाजित भएको भन्दै केपी शर्मा ओलीले गरेको राजनीतिक ध्रुवमा आफूहरुले काम गर्ने बताए । उनले केपी ओली नेतृत्वको ध्रुवले आर्थिक विकास र समृद्धिको कुरा गरेको र राष्ट्रिय राजनीतिको अर्को ध्रुव अवसरवादी र सिद्धान्तहीन भएको टिप्पणी गरे ।
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले क्रमशः एकीकृत समाजवादीमा लागेकाहरु पनि एमालेमै फर्कने क्रम बढेको बताएका छन् । उनले केही समयपछि एमालेका दुई प्रतिशत नेता कार्यकर्ता पनि एकीकृत समाजवादीमा नहुने दावी गरे ।
महासचिव पोखरेलले नेपालको राष्ट्रिय राजनीति दुईवटा ध्रुवमा विभाजित भएको भन्दै केपी ओली नेतृत्वको पोलले आर्थिक विकास र समृद्धिको पक्षमा रहेको बताए । राष्ट्रिय राजनीतिको अर्को ध्रुव गठबन्धनवालाहरुमा अवसरवादी र सिद्धान्तहीनहरु मात्र भएको उनको टिप्पणी छ ।
‘आज हाम्रै पार्टीभित्र पनि देखापरेका गलत कुराहरुसँग जुध्ने आँट गर्नुपर्छ’, उनले भने, ‘हामी यो लडाइँमा कहिल्यै थाक्नेछैनौँ ।’
महासचिव पोखरेलले पार्टीको पक्षमा उभिएर काम गर्ने हरेकलाई समेटेर अघि बढ्नुपर्ने बताए ।
पूर्व सञ्चारमन्त्री एवं नेकपा एमाले केन्द्रिय सदस्य पार्वत गुरुङले माधब नेपाल, वामदेव गौतम र झलनाथ खनाल लगाएतका नेताहरुको आज नेपाली कम्यूनिष्टकै कलङकमा नाम लेखाएको र नेकपा फुट्नुको मुख्य करक नै नेपाल, गौतम र खनाल रहेका दावी गरे ।
उनले भने म ढोकुवा गरेर भन्छु,उहाँहरु ढिला छिटो मुल (नेकपा एमाले) पार्टीमा फर्किनुको विकप्ल छैन्न् । सर्वोच्चले नेकपा एमालेलाई पुनः जिवित गरेपछि स्वतः २०७५ जेठ ३ मा फर्केर सबैको जिम्मेवारी पर्ववत् नै कायम हँदा नेकपा एमालेमा नफर्किनेले आम जनमानसले सबैले उहाँको भुमिका के भन्ने प्रष्ट भई सकेको बताए ।
प्रचण्डको काथमा चडेर ओली लात हान्ने काम गरेको उनले टिप्पणी गरे । जनताको जनमतले ओली नेतृत्वको दुई तिहाई दिएर देशले संमृद्धिको बाटोमा हिडेपछि प्रचण्ड लगाएत केहि विदेशी शक्तिको डिजाईनमा सरकार ढाल्ने काम भयो जुन निन्दनी कामको उहाँहरु मतिहार बन्ने काम गर्नु भयो ।


विश्व खबर 



















