images
images
  • बागमतीमा मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा मुख्यमन्त्री शाक्य, ५ जना मन्त्री र ४ राज्यमन्त्री थपिने

    काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेकी छन् ।मुख्यमन्त्री शाक्यले ५ जना मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गर्ने तयारी गरेकी हुन् ।

    मन्त्रिपरिषद विस्तारको तयारी आजै भएको एमाले मुख्य सचेतक दिपक निरौलाले जानकारी दिएका छन् ।

    पार्टी विभाजनमा माधवकुमार नेपाल समूलाई साथ नदिएर एमालेमै बसेकाहरुले मन्त्री बन्ने मौका पाउने बुझीएको छ । माधवकुमार नेपाल समूहमा रहेर अन्तिम समयमा एमालेमै बसेकी रचना खड्का, विजय पौडेल, प्रदिप कटुवाललगायत मन्त्री बन्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।

    यता गत २ भदौमा नेकपा एमालेको बहुमतका आधारमा मुख्यमन्त्री बनेकी शाक्यको सरकार भने अल्पमतमा परिसकेको छ ।

    बाग्मतीका ५६ मध्ये १३ जना सांसद एकीकृत समाजवादीमा गएपछि उनको सरकार अल्पमतमा परेको छ । उनले अब एक महिनाभित्रै प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images