काठमाडौं । एक कारागारमा आगलागि हुँदा ४० कैदीबन्दीको मृत्यु, भएको छ । अन्य ५० भन्दा बढी घाइते भएका छ । यो खबर इन्डोनेसियाको हो ।
इन्डोनेसियाको बैंटन प्रान्तमा रहेको कारागारमा आगलागी हुँदा ५० भन्दा बढी कैदीहरु घाइते भएका छन् ।
बिहानको समयमा अधिकांश कैदीहरु सुतिरहेको अवस्थामा आगलागी हुँदा कैदीबन्दीहरु भाग्न समेत पाएका थिएनन् । आगलागि सुरु भएपछि कैदी बन्दीहरुलाई बाहिर निकाल्न सकिएको थिएन ।
आगलागीको कारण बारे अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















