images
images
  • डेढ महिने शिशुको टाउकोमा पेस्तोल ताकेर घरमा लुटपाट

    रौतहट – दुर्गा भगवती ३ मत्सरीमा मंगलवार बिहान एकघरमा लुटपाट भएको छ। मत्सरीका सरोजानन्द झाको घरमा बिहान २ देखि ३ बजेको बीचमा लुटपाट भएको स्थानीयले बताएका छन् ।

    मास्क लगाएर आएका ९/१० जनाको संख्यामा रहेको समूहले लुटेको हो । घरमा झा कि श्रीमती, बुहारी र सानो नाती रहेको बताइएको छ ।

    लुटेराले डेढ महिनाको शिशुको टाउकोमा पेस्तोल तेर्स्याएर हल्ला गरे गोली हान्ने धम्की दिँदै एक घण्टाभन्दा बढी समय कब्जामा लिएर लुटपाट गरेको पीडितले बताएका छन् । पीडित झाका अनुसार ५ लाख बराबरको नगद तथा गरगहना लुटेका छन् । झाका छोराहरु काठमाडौंमा रहेका बेला घरमा लुटपाट भएको हो ।

    छोराहरुको कोठामा रहेको नगद र गरगहना कति थियो लुटिएको वा नलुटिएको उनीहरु आएपछि थाहा हुने परिवारका सदस्यहरुले बताएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images