images
images
  • कांग्रेस संसदीय दलको बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । भोलि २३ गते बस्ने संसद अधिवेशनका बारेमा छलफल गर्न बैठक बस्न लागेको हो ।

    बैठक दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवन ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेट, अध्यादेश, एमसिसीलगायतका विषयमा रणनीति बनाउन बैठक बोलाएको हो ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको सरकारले ५७ औं दिन वितिसक्दा पनि मन्त्रिमण्डल र सचिवालयलाई पूर्णता दिन नसकिरहेको बेला कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

    बैठकमा कांग्रेसबाट मन्त्री हुनेहरूका बारेमा पनि छलफल हुने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images