images
images
  • रोकिएन मानव बेचबिखन, दुरुपयोग पनि उस्तै

    काठमाडौँ, भदौ २१ गते । कोभिड–१९ महामारीका कारण लामो समय बन्दाबन्दीको अवस्था रहँदा धेरै विषय ठप्प जस्तै बने तर मानव बेचबिखनको जालो भने यो समयमा पनि विश्वभर मौलाइरह्यो । बन्दाबन्दीमा मानव बेचबिखनका धेरै मुद्दा दर्ता भएन तर पूरै रोक भने लाग्न नसकेको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमख दुर्गा सिंह औंल्याउछिन् ।

    यस वर्ष २२४ वटा मात्र घटना दर्ता हुनु कम सङ्ख्या हो । तथापि बन्दाबन्दीमा बेचबिखनको जालो सक्रिय रहनु गम्भीर विषय भएको उनी बताउँछिन्  ।ब्युरोकै दर्ता खाता हेर्ने हो भने गत साल बन्दाबन्दीकै समयमा नुवाकोटका मधु श्रेष्ठले सविता नाम परिवर्तनलाई बिहे गर्ने बहानामा दुबईमा बेचेका थिए ।

    नेपालमा ललाइफकाई गरेर वैदेशिक रोजगारका नाममा दुबई पठाए । त्यहाँबाट फर्केपछि विवाह गर्ने भन्दै विदेश जान लाग्ने खर्च भनेर एक लाख ३० हजारसमेत लिए । काम गर्न भनी पु¥याइएपछि अरबी घर मालिकले तलाई मैले १५ सय दिराममा किनेको हो भनेर जबरजस्ती करणी गर्न खोजेपछि सविता झसङ्ग भइन् ।

    इन्कार गर्दा गर्दै तलबसम्म नदिने, शारीरिक र मानसिक यातनालगायतका अनेक दुःख दिन थालेपछि उनी भागेर गैरआवसीय नेपाली सङ्घको शरणमा पुग्नुभयो । सहयोगीको सहयोगमा अरबीलाई १५ सय दिराम र मुद्दा दायर गरेको अर्को १४ सय दिरामसमेत तिरेर उहाँ यसै वर्ष असार ९ गते स्वदेश फर्कन सफल भइन्  ।

    नेपालमा माइती नेपालको संरक्षणमा रहँदै पीडक मधु श्रेष्ठविरुद्ध मुद्दा हालीन्  । प्रहरीले उनको उजुरीका आधारमा पीडकलाई पक्राउ गरी कारबाही अघि बढाएको छ । यी जस्तै रोजगारको बहानामा बेचिने पुरुषभन्दा महिला बढी रहेको ब्युरोको त्रिवर्षीय तथ्याङ्कले देखाउँछ । जसअनुसार आर्थिक वर्ष २०७५र०७६ मा बेचिने पुरुषको सङ्ख्या ७१ हँुदा महिलाको सङ्ख्या ३१६ जना रहेका छन् । त्यस्तै २०७६र७७ मा पुरुष १४ र महिला ११९ जना बेचिएको घटना दर्ता भएको छ । आर्थिक वर्ष २०७७÷७८ मा पुरुष चार र महिला १८३ जना बेचबिखनमा परेको मुद्दा छ । मुद्दा दर्ताको हकमा तीन वर्ष नै भने महिलाले भन्दा बढी पुरुषले दर्ता गराएको पाइएको छ ।

    दुरुपयोग उस्तै
    अचेल विदेशमा काम लगाइदिन्छु भनेर मात्र होइन, विदेश घुमफिरको बहानामा पनि मानव बेचबिखनको गतिविधि बढ्दो छ । ब्युरोका प्रवक्ता द्विवेदीका अनुसार भिजिट भिसामै कैयौँ महिलालाई खाडी मुलुक पु¥याइएको घटना दर्ता भएका छन् ।

    उनका अनुसार घुम्ने बहानामा ती मुलुकमा पुगेपछि बढाउन मिल्नेसम्म बढाएर बसाउने, नमिलेको खण्डमा लुकिछिपी महिलालाई अवान्छित काममा लगाउने प्रवित्ति दलालहरूले लिएको पाइन्छ । पहिलो चरणको बन्दाबन्दीमा भारत र नेपाल दुवैतिर कडा थियो तर जब भारतमा बन्दाबन्दी खुल्यो, त्यसपछि भिजिट भिसाको बहानामा दुबई, कतार, कुवेत, जोर्डन, ओमानलगायतका धेरै मुलुकमा नेपाली महिला पु¥याइएको पाइएको छ । त्यति मात्र होइन, पछिल्लो समय मानव बेचबिखनको प्रवित्तिमा थाइल्यान्ड, कम्बोडिया, चीन, कोरिया जस्ता मुलुकमा पनि भिजिट भिसा र वैवाहिक सम्बन्धको बहानामा महिला बेचबिखन भएको पाइएको उनले जनाकारी दिइन् ।

    चीनजस्तो समृद्ध मुलुकमा पनि विवाहको सम्बन्धपछि गएर मानव बेचबिखनमा परिवर्तन हुँदै मुद्दा दर्तासम्म पुग्ने गरेको छ ।  सामाजिक सञ्जालमार्फत विदेशमै बसेका दलालले नेपाली महिलालाई जालझेल गरी प्रलोभनमा पारी विदेश आमन्त्रण गर्ने गरेको पाइएको प्रवक्ता द्विवेदीले जानकारी दिइन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images