काठमाडौं । अफगानिस्तानमा सरकार गठनका विषयमा तालिबान र हक्कानी नेटवर्कबीच झडप भएको छ। अफगानिस्तानको पत्रिका पन्जसिर अब्जर्भरका अनुसार हक्कानी नेटवर्कले हानेको गालीले तालिबानका सह-संस्थापक मुल्ला बरादर घाइते भएका छन्।
अफगानिस्तान कब्जा गरेपछि तालिबान केही दिनदेखि आफ्नो नेतृत्वमा सरकार गठन गर्ने अन्तिम छलफलमा छ। दुईरतीन अघिदेखि नै नयाँ सरकार घोषणा गर्ने बताइरहे पनि तालिबानले अझै घोषणा गर्न सकेको छैन।
यसैबीच पाकिस्तानका गुप्तरच एजेन्सीका प्रमुख आईएसआईका प्रमुख लेफ्टिनेन्ट जनरल फैज हमिद टोलीसहित शनिबार अफगानिस्तानको राजधानी काबुल पुगेका छन्।
उनी काबुल पुग्नुको उद्देश्य मुल्ला अब्दुल गनी बरादरलाई तालिबानी सरकारको प्रमुख हुनबाट रोक्नु् र आतंकवादी संगठन हक्कानी नेटवर्कका नेतालाई बनाउनु रहेको दाबी अफगानिस्तानका पूर्वसांसद मरियम सोलाइमनखिलले गरेका छन्।
यहीबीच सत्ताको नेतृत्व लिने विषयमा उसैको एक सहयोगी समूह हक्कानी नेटवर्कसँग झगडा परेको र गोली लागेर तालीबानी नेता बरादमर घाइते भएको खबर सार्वजनिक भएको हो। तर घटनाबारे विस्तृत विवरण दिइएको छैन।


विश्व खबर 



















