images
images
  • प्रहरी जवान आधारभूत तालिम समापन (तस्विर सहित)

    राजविराज – प्रदेश नम्वर २ प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराजमा प्रहरी जवान आधारभूत तालिम (५–०२) समूहको प्रहरी जवान आधारभूत तालिम सम्पन्न भएको छ।

    मंगलबार २ नम्वर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी नायव महानिरीक्षक (डीआईजी)  उमेश रंजितकारको प्रमुख आतिथ्यमा आयोजित एक समारोहबीच सो तालिम सम्पन्न गरिएको हो।

    Police 1

    उक्त अवसरमा डीआईजी रंजितकारले दीक्षित भई जाने प्रहरी जवानहरुलाई तालिममा हासिल गरेका ज्ञान, सिप, कौशललाई व्यवहारमा लागू गर्नुपर्ने, मानवअधिकारको संरक्षणमा संबेदनशील हुनुपर्ने, प्रहरीले समय सापेक्ष आफुलाई परिवर्तन गर्दै लैजानुपर्ने निर्देशन दिए । आजको प्रहरी सदाचार, कर्तव्यनिष्ठ भई राष्ट्रसेवामा समर्पित हुनुपर्नेमा डीआईजी रंजितकारले जोड दिए ।

    समारोहमा २ नम्वर प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराजका प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) केदार ढकालले धन्यवाद ज्ञापन गरेका थिए भने प्रहरी नायव उपरीक्षक(डीएसपी) खगेन्द्र बहादुर खडकाले तालिमसम्बन्धी प्रतिबेदन प्रस्तुत गरेका थिए ।

    Police 2 Copy

    २०७७ मंसिर ३ गतेबाट संचालित उक्त तालिममा २०३ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो । ती मध्ये ९ जना प्रशिक्षार्थीको विभिन्न कारण बस उनीहरुको तालिम रद्द भएको हो । जस मध्ये १९४ जना मात्र प्रशिक्षार्थीहरु सहभागि भएका थिए । ती प्रशिक्षार्थी मध्ये ५४ जना ९क० श्रेणी र १४० जना (ख) श्रेणी गरी प्रशिक्षार्थीहरुको तालिम सफलता पूर्व सम्पन्न भएको प्रहरीले जनाएको छ।

    Police 3

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images