काठमाडौं– नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ४६ हजार १०० रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ३ हजार २१५ रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी प्रतितोला ३ हजार १९५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्






















