काठमाडौं – मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ७.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
बैंकको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ७.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांशमा कर प्रयोजनार्थ लाग्ने रकमसमेत समावेश छ ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई लाभांश वितरण गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्






















