काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) दुईदिने भारत भ्रमणका लागि यही मंसिर ६ र ७ गते नयाँ दिल्ली जाँदैछन् ।
भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रधानमन्त्री शाहको भारत बसाइ करिब २५ घण्टाको हुनेछ ।
प्रधानमन्त्री शाह आइतबार दिउँसो ३ः१५ बजे नयाँ दिल्ली पुग्नेछन् ।
सोही दिन साँझ ६ बजे होटल ताजमहलमा भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
सोमबार बिहान १० बजे राष्ट्रपति कार्यालयमा औपचारिक स्वागतपछि उनले राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन् ।
त्यसपछि हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता हुनेछ ।
दिउँसो १२ः२५ बजे दुवै प्रधानमन्त्रीबीच सहमति तथा सम्झौतापत्र आदानप्रदान र संयुक्त पत्रकार सम्मेलन हुनेछ ।
त्यसपछि दिउँसो ३ः१५ बजे प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्नेछन् ।
भेटपछि साँझ ४ः५० बजे उनी नेपाल फर्कने कार्यतालिका रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।























