images
images
  • स्थानीय चुनाव वैशाखमा, प्रदेशको मंसिरमा गर्ने आयोगको प्रस्ताव

    काठमाडौं– निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी वैशाखमा र प्रदेश सभा निर्वाचन मंसिरमा गर्ने प्रस्ताव गरेको छ ।

    शुक्रबार राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग भएको छलफलमा आयोगले निर्वाचनको प्रस्तावित तालिका प्रस्तुत गरेको हो ।

    छलफलमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयोगको प्रस्ताव उपयुक्त रहेको बताएका छन् ।

    यद्यपि, यस विषयमा पार्टीभित्र थप छलफल र अध्ययन गरेर अन्तिम धारणा बनाउने उनले बताएका छन् ।

    छलफलमा रास्वपा सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापालगायतका नेताहरू सहभागी थिए ।

    एमाले अध्यक्ष केपी शर्मा ओली पनि आयोग पुगेका थिए ।

    तर उनले पार्टीका निर्वाचन विभाग प्रमुख देवेन्द्र दाहाललाई छलफलमा सहभागी गराएका थिए ।

    २०७९ वैशाख ३० गते स्थानीय तह र मंसिर ४ गते प्रदेशसभा निर्वाचन भएको थियो ।

    उक्त निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल २०८४ वैशाख ३० गते सकिँदैछ ।

    यही समयसीमालाई ध्यानमा राख्दै आयोगले आगामी निर्वाचनको तयारी र तालिकाबारे राजनीतिक दलसँग परामर्श थालेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images