images
images
  • निर्वाचन आयोगबाट बाहिरिए ओली, छलफलमै रवि, गगन र प्रचण्ड

    काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली निर्वाचन आयोग पुगेर छलफलमा नबसी निस्किएका छन् ।

    निर्वाचन आयोगले राजनीतिक दलहरूसँग स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न बोलाएको छ ।

    छलफलमा राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन् ।

    निर्वाचन आयोग पुगेर केहीबेरमा बाहिरिएपछि पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले ‘आउँदै आएन भन्ने नपरोस् भनेर’ उपस्थित भएको बताए ।

    रास्वपाका सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेताहरू छलफलमा बसिरहेका छन् ।

    शीर्ष नेताहरू छलफलमा बस्दा तपाईं किन बस्नु भएन भन्ने प्रश्नमा ओलीले जवाफ दिए, ‘हाम्रो पनि त्यही लेभलको नेता हुनुहुन्छ ।’

    छलफलमा एमाले पार्टीको निर्वाचन विभाग प्रमुख देवेन्द्र दाहाल सहभागी छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images