images
images
  • एनपीएल तेस्रो संस्करण: टस जितेर ब्याटिङ गर्दै चितवन

    काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणअन्तर्गत बिहीबार सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर चितवन राइनोजले ब्याटिङ रोजेको छ।

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर चितवनले ब्याटिङ रोजेको हो। आजको खेलको विजेता प्रतियोगिताको फाइनलमा पुग्नेछ । लुम्बिनी लायन्स यसअघि नै फाइनलमा पुगिसकेको छ। लुम्बिनीसँग हार व्यहोरेको सुदूरपश्चिमले फिल्डिङ गर्नेछ।

    आज सुदूरपश्चिमले दुई परिवर्तन गरेको छ। अविनाश बोहराको स्थानमा दीपक बोहरा र थनुका दबारेको स्थानमा फेबियन एलेनलाई मैदान प्रवेश गराइएको छ।

    चितव‍नले भने यसअघिकै टोलीलाई मैदानमा उतारेको छ। चितवनले हिजो काठमाडौं गोर्खाजलाई नकआउट गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images