images
images
  • एभरेष्ट क्रिकेट क्लब टुवुम्बालाई लगातार तेस्रो पटक क्यूएनसीए विन्टर टी–२० कपको उपाधि

    काठमाडौं – अस्ट्रेलियाको एभरेष्ट क्रिकेट क्लब टुवुम्बाले क्वीन्सल्याण्ड नेपाली क्रिकेट संघ (क्यूएनसीए) द्वारा आयोजित क्यूएनसीए जिवाइडब्लू फाइनान्स विन्टर टी–२० कप २०२६ को उपाधि जितेको छ । ब्रिस्बेनमा सम्पन्न फाइनलमा एभरेष्टले रोयल गोर्खाज क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो । योसँगै एभरेष्टले प्रतियोगितामा लगातार तेस्रो पटक उपाधि जित्ने उपलब्धि हासिल गरेको छ । क्लबले समग्रमा पाँचौँ पटक उपाधि जितेको हो ।

    तीन महिनाभन्दा लामो समयसम्म सञ्चालन भएको प्रतियोगितामा एभरेष्टले सुरुदेखि नै निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएको थियो। फाइनलमा पनि आफ्नो लय कायम राख्दै टोलीले रोयल गोर्खाजलाई पराजित गर्न सफल भयो ।

    प्रतियोगितामा एभरेष्टका कप्तान विक्रम सापकोटा उत्कृष्ट ब्याटर घोषित भए । त्यस्तै, आयुष्मान बमले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द सिरिज) र फाइनलको उत्कृष्ट खेलाडी दुवै अवार्ड जिते । नेपाल प्रिमियर लिग ९एनपीएल० मा सहभागिता जनाइरहेका क्लबका प्रमुख खेलाडी दिलीप नाथ र आदित्य महतोको अनुपस्थितिमा पनि एभरेष्टले उपाधि रक्षा गर्न सफल भएको हो ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images