images
images
  • प्रतिकूल परिस्थितिमा उदाहरणीय व्यवसाय गर्ने भाटभटेनी सम्मानित

    काठमाडौं – सरकारले राष्ट्रिय कर दिवसका अवसरमा भाटभटेनी सुपरमार्केट प्रालिलाई सम्मान गरेको छ ।

    २०८१/८२ मा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गर्ने क्रममा भाटभटेनी पनि सम्मानित भएको हो ।

    प्रतिकूल व्यावसायिक परिस्थितिका बाबजुद पनि उदाहरणीय व्यवसाय गरेको मूल्यांकन गर्दै भाटभटेनीलाई एक्सेप्सनल बिजनेस रेजिलेन्सु सम्मान दिइएको हो ।

    मुलुकको राजस्वमा निरन्तर उच्च योगदान दिने भाटभटिनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोरलाई सम्मान गरिएको हो ।

    भदौ २०८२ को जेनजी प्रदर्शनका क्रममा भाटभटेनीका विभिन्न शाखामा आगजनी गरी ध्वस्त बनाइएको थियो ।

    निकायतर्फ सूर्य नेपाल प्रालि र व्यक्तिगततर्फ राजबहादुर शाह सम्मानित भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images