काठमाडौं– सुनको मूल्य घटेको छ ।
स्थानीय बजारमा आज सुनको मूल्य घटेको हो ।
अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा १९ सय रुपैयाँ घटेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन २ लाख ६९ हजार १ सय रुपैयाँ कायम भएको थियो ।
तिहारयता सुनको मूल्य १७ हजार १ सय रुपैयाँ घटिसकेको छ ।
तिहारअघि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य आज तोलामा ३० रुपैयाँ घटेको छ ।
अघिल्लो दिन प्रतितोला ३ हजार ५२० रुपैयाँ रहेको चाँदी आज ३ हजार ४९० रुपैयाँमा झरेको छ ।
प्रतिक्रिया दिनुहोस्






















