images
images
  • एमाले स्थायी समितिको बैठक बस्दै, राष्ट्रिय भेलाबारे छलफल हुने

    काठमाडौं– नेकपा (एमाले) स्थायी कमिटीको दोस्रो बैठक आज (मंगलबार) बस्ने भएको छ ।

    भोलि (बुधबार) देखि सुरु हुने राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा पार्टीले आज स्थायी कमिटी बैठक बोलाएको हो ।

    पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ ।

    बैठकले भोलिदेखि सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलाका एजेन्डा अनुमोदन गर्नेछ ।

    त्यसैगरी, मंसिर ५ गते बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा चयन गर्नुका साथै समसामयिक राजनीतिक विषयमा पार्टीको धारणा तय गर्ने कार्यक्रम रहेको आचार्यले जानकारी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images