काठमाडौं– बुधबारदेखि राजधानीमा सुरु हुने नेकपा एमालेको राष्ट्रिय भेलास्थलको अवलोकन गर्न पार्टीकी वरिष्ठ नेता विद्या भण्डारी पुगेकी छन् । उनी मंगलबार अपरान्ह कार्यक्रमस्थलको अवलोकनमा पुगेकी हुन् ।
उनलाई सो स्थलमा एमाले सचिव भानुभक्त ढकाल, केन्द्रीय सदस्यहरु सूर्य थापा, यज्ञराज सुनुवार, स्थायी समिति सदस्य काशीनाथ अधिकारीलगायतले स्वागत गरेका थिए ।
बुधबार हुने भेलालाई पूर्वराष्ट्रपति एवम् वरिष्ठ नेता भण्डारीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले बिहीबार हुने बन्दसत्रमा विशेष सम्बोधन गर्ने केन्द्रीय सदस्य माधव ढुंगेलले विश्वखबरलाई जानकारी दिए ।
बिहीबार हुने बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेपछि भण्डारीले सम्बोधन गर्ने कार्यक्रम तय भएको ढुंगेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्






















