काठमाडौं-काठमाडौंमा आयोजना हुने गैरआवासीय नेपाली संघ (एनआरएनए)को दशौं विश्व सम्मेलनका लागि नेपाल सरकारको तर्फबाट २० सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन भएको छ ।
सरकारको तर्फबाट परराष्ट्रमन्त्रीको अध्यक्षतामा २० सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन भएको छ । समितिमा राष्ट्रिय योजना आयोगका सदस्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, परराष्ट्र सचिव, विभिन्न मन्त्रालयका सचिवहरू, नेपाल लगानी बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, गैर आवासीय नेपाली संघ लगायत अन्य सरोकारवाला निकायका उच्चस्तरीय प्रतिनिधि रहेका छन् ।
सरकारले विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप, पूँजी, प्रविधि, सञ्जाल र पहुँचलाई नेपालको आर्थिक-सामाजिक विकासमा परिचालन गर्ने नीतिलाई उच्च प्राथमिकता दिँदै आएको छ ।प्रत्येक दुई वर्षमा नेपालमा आयोजना हुने गैर आवासीय नेपाली संघको दशौ विश्व सम्मेलन कार्तिक ६ देखि ८ (२३-२५ अक्टोवर २०२१)मा हुँदैछ ।
हेर्नुस् परराष्ट्र मन्त्रालयको विज्ञप्ति:


विश्व खबर 



















