वासिङ्टन डिसी-अमेरिकामा सरकारसम्बद्ध एक निकायको उच्च पदमा नेपाली मूलका व्यक्ति नियुक्ति पाउन सफल भएका छन्।
नेपाली मूलका डा.मोहनबहादुर डाँगी अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (यूएसएआईडी) मा सल्लाहकार बनेका हुन्।प्रतिस्पर्धाबाट यूएसएआईडीको सल्लाहकार पदमा छनोट हुन सफल डा.डाँगीले यही साता जिम्मेवारी सम्हालेका हुन्। यू
एसएआईडीको मुख्यालय अमेरिकाको राजधानी वासिङ्टन डिसीमा छ।डा. डाँगी क्यालिफोर्निया स्टेट युनिभर्सिटी, फ्रेस्नोमा प्राध्यापन गर्छन्। नेपालमा उनको घर दाङ हो।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















