images
images
  • विश्व बजारमा निरन्तर घट्यो कच्चा तेलको मूल्य

    काठमाडौं– विश्व बजारमा कच्चा तेलको मूल्य घट्ने क्रम जारी छ । अमेरिकी मध्यावधि चुनावको नतिजापछि इरानसँगको युद्ध अन्त्य हुन सक्ने वा तनाव कम गर्न पहल हुनसक्ने अपेक्षाले तेलको मूल्यमा गिरावट आएको हो ।

    बिहीबार दिउँसो एसियाली बजारमा ब्रेन्ट क्रुडको मूल्य ०.९ प्रतिशतले घटेर प्रतिब्यारेल ९३.७४ डलरमा झरेको छ ।

    त्यस्तै अमेरिकी बजारमा कारोबार हुने कच्चा तेलको मूल्य पनि करिब १.५ प्रतिशतले घटेर प्रतिब्यारेल ८६.८३ डलरमा पुगेको छ ।

    यसअघि बुधबार पनि कच्चा तेलको मूल्यमा ८ प्रतिशतभन्दा बढी गिरावट आएको थियो ।

    अमेरिकी उपराष्ट्रपति जेडी भान्सले चुनावमा रिपब्लिकन पार्टीले व्यहोरेको हारको कारण इरान युद्धले इन्धनको मूल्य बढ्नुलाई बताएका थिए ।

    यसअघि कच्चा तेलको मूल्य दुई महिनायताकै न्यून विन्दुमा झरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images