images
images
  • आजको मौसमः तराई, उपत्यका र खोँचमा बिहान हुस्सु–कुहिरो

    काठमाडौं – नेपालमा पश्चिमी वायु र भारतको उत्तर प्रदेशमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । यसका कारण देशभर आंशिक बदली हुनुका साथै पहाडी, तराई, उपत्यका तथा खोँचका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    राति हिमाली भूभागमा आंशिक बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । तराई, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ ।

    महाशाखाले आगामी चार दिनका लागि कुनै मौसमी चेतावनी जारी गरेको छैन । यद्यपि, मौसममा हुन सक्ने परिवर्तनबारे जानकारी लिन सर्वसाधारण तथा सम्बन्धित निकायलाई नियमित रूपमा मौसमसम्बन्धी सूचना र पूर्वानुमान हेर्न अनुरोध गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images