images
images
  • रोहिणीका १६ सामुदायिक विद्यालयलाई खेलकुद सामग्री र वाटर डिस्पेन्सर वितरण

    काठमाडौं – रूपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका १६ वटै सामुदायिक विद्यालयलाई खेलकुद सामग्री र वाटर डिस्पेन्सर वितरण गरेको छ । गाउँपालिकाले विद्यालयको आवश्यकता र भौतिक पूर्वाधार सुधारलाई लक्षित गर्दै डेस्क–बेन्चसमेत उपलब्ध गराएको छ ।

    गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवले सामुदायिक विद्यालयको शैक्षिक विकासका लागि स्थानीय सरकारले आवश्यक स्रोतसाधन उपलब्ध गराउनुपर्ने बताए । उनले विद्यालयहरूले पनि सरकारी नीति तथा शैक्षिक मापदण्ड पालना गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए ।

    सामुदायिक विद्यालयलाई आवश्यकताअनुसार नियमित सहयोग गर्दै आएको जानकारी दिँदै अध्यक्ष यादवले शिक्षामा गरिएको लगानीको प्रतिफल विद्यार्थीको शैक्षिक उपलब्धि र विद्यालयको समग्र गुणस्तरमा देखिनुपर्ने बताए ।

    गाउँपालिकाले विद्यालयमा खानेपानी, फर्निचर तथा खेलकुद सामग्रीलगायत आवश्यक भौतिक पूर्वाधारको व्यवस्था गर्दै आएको छ । यस्ता सामग्रीको उपलब्धताले विद्यार्थीको सिकाइ वातावरण सुधार गर्नुका साथै शिक्षण प्रक्रियालाई थप प्रभावकारी बनाउने पालिकाको अपेक्षा छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images