images
images
  • फ्रान्ससँगै जर्मनीमा पनि युवाहरूको प्रदर्शन

    काठमाडौं – बर्लिन्, हलोेअन इभ मनाइने दिन नै जर्मनीमा व्यापक रूपमा विरोध प्रदर्शन भएको छ । महँगी र जनजीवनमा परेको असरका कारण फ्रान्समा सुरु भएको यो विद्रोह जर्मनीसम्म फैलिएको हो । युवा समूह जेन जेड पुस्ताको यो विद्रोहको मूल कारण, महँगी, विद्यालय देखि विश्व विद्यालयसम्म थप लगानीको आवश्यकता , वातावरणीय चासो र अहिले ल्याउने भनिएको अनिवार्य सैनिक प्रशिक्षणको विषय हो ।

    राजधानी बर्तिनमा शान्तिपूर्ण प्रदर्शन भए पनि कोलोग्ने र ह्यमबर्गमा पानीको फोहोरा प्रहार र प्रहरीको धरपकड छ । कोलोेग्नेका प्रहरीले सिटी सेन्टरमा आगजनी भएका कारण पानीको फोहोरा प्रयोग भएको बताएको छ ।

    ह्याम्बर्गमा पनि इमर्जेन्सी सेवामा रहेका व्यक्तिहरू माथि आक्रमण भए पछि प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको जनाइएको छ ।

    फ्रान्कफर्टमा पनि तोडफोड भएको प्रहरीले जनाएको छ । पसलहरू तोडफोड भएको तथा धेरै क्षति भएको जनाएको छ । आयोजक ‘जेन जेड रेगेलेटले धेरै जनालाई प्रभाव पार्न हेलिओनकै दिन प्रदर्शनको आयोजना गरेको हो । जर्मनीमा १ लाख २० हजार जना प्रदर्शनमा सहभागी भएको जनाइएको छ ।

    आयोजकहरूले आफ्नो पुस्ताको भविष्यलाई ख्यालमा नराखेर कुनै निर्णय गर्नु धेरै नै गलत भएको बताएको छ । आयोजकले शान्तिपूर्ण प्रदर्शन गरिएको र उपस्थित सबैले आफ्नो अनुहार प्रस्ट देखाएर मात्र प्रदर्शनमा आउन सबैलाई आह्वान गरिएको बताएको छ । केही लक्जरी पसलहरू तोडफोड भए पछि जर्मनीमा थप प्रहरी तैनाथ गरिएको हो ।

    अहिले युरोप भर फैलिएको युवा प्रदर्शन र विद्रोहले पछिल्लो दिन सबै भन्दा धेरै असर फ्रान्समा परेको थियो । फ्रान्समा पहेँलो जर्सी लगाएर प्रदर्शन भएको थियो । फ्रान्समा भने तेस्रो चरणको प्रदर्शन भएको हो । यस अघि अक्टोबर १७ र २४ मा प्रदर्शन भएको थियो ।

    फ्रान्सका आन्तरिक मामला मन्त्रालयका अनुसार शनिवार ३ लाख २० हजार जनाले प्रदर्शन गरे । राजधानी पेरिसमा मात्र ७० हजार प्रदर्शनमा सहभागी थिए । अक्टोबर १७ का दिन ५ लाख ५० हजार र २४ अक्टोबरका दिन ४ लाख १० हजार प्रदर्शनमा सहभागी भएको जनाइएको छ ।

    फ्रान्समा एकाध स्थानमा बाहेक प्रदर्शन शान्तिपूर्ण रहेको जनाइएको छ । अति दक्षिणपन्थी नेता जोर्डन बार्डेलाले हतियार सहित कोही प्रदर्शनमा गए लामो समय जेलमा राख्न पर्ने कुरामा जोड दिए । उनले पनि शान्तिपूर्ण प्रदर्शनमा जोड दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images