images
images
  • पाकिस्तानमा एम्बुलेन्सभित्र सिलिन्डर विस्फोट: ८ जनाको मृत्यु, ४ घाइते

    काठमाडौं– पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बुधबार राति एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर विस्फोट हुँदा आठ जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

    प्रहरीका अनुसार थारपारकर जिल्लाको नगरपारकर सहरस्थित स्वास्थ्य केन्द्रमा पार्क गरिएको एम्बुलेन्समा विस्फोट भएको हो ।

    घाइतेहरूलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि कराची सारिएको छ । मृत्यु भएकाहरूको शव पहिचानका लागि स्थानीय अस्पतालमा राखिएको अधिकारीहरूले बताएका छन् ।

    विस्फोटको कारण पत्ता लगाउन मिरपुरखास र कराचीबाट विशेषज्ञ टोली बोलाइएको प्रहरीले जनाएको छ । टोलीले घटनास्थलका प्रमाणको जाँच गरी विस्फोटको कारणबारे अनुसन्धान गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images